पोखरा, २८ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ। गोरखा मिडिया नेटवर्क र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणमा अभियोग पत्र दायर भएपछि उनी आइतबार अदालतमा हाजिर भएका थिए।

अभियोग अनुसार, स्वर्णलक्ष्मी सहकारीको ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ अपचलन गरी विदेश पठाइएको अनुसन्धानबाट पुष्टि भएको छ। उक्त रकममध्ये ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत २०२१ र २०२२ का वर्षमा विदेश पठाइएको पाइएको छ। सरकारी वकिल कार्यालयले बिगो मागदावी गर्दै रविलाई सोही रकमको भरपाईका लागि अदालतमा निवेदन पेश गरेको छ।

प्रहरीको अनुसन्धानले गैरकानुनी तरिकाले सहकारीको रकम दुरुपयोग गरिएको भन्दै लामिछानेविरुद्ध प्रमाणहरू प्रस्तुत गरेको छ। अब, न्यायाधीश अधिकारीको इजलासमा थुनछेक र बयान प्रक्रियालाई तीव्रता दिने बताइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0