पोखरा, २८ पुस। काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार काठमाडौं प्रहरी परिसरको हिरासतमा पुगेका छन्। उनी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएपछि बयान र थुनछेक बहस प्रक्रिया अघि बढाइएको छ।

लामिछानेले यसअघि कास्कीस्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा धरौटीमा रिहा भएपछि दुई दिनसम्म थुनामुक्त अवस्थामा समय बिताएका थिए। कास्की जिल्ला अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आइतबार लामिछानेको बयान लिइएको थियो। सोही दिन थुनछेक बहस सुरु भए पनि बहस नसकिएपछि अदालतले उनलाई प्रहरी जिम्मा लगाउन आदेश दिएको छ।

अब थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार उनी रिहा वा पुर्पक्षका लागि थुनामा रहने निर्णय हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0