पोखरा, २८ पुस – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार २५.४१ अंकले घटेको बिबिसीले जनाएको छ। अघिल्लो दिन सामान्य वृद्धि देखिएको बजारमा आज अचानक गिरावट आएको हो। नेप्से परिसूचक ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा थामिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आइतबारको कारोबारमा ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ पुगेको छ। कारोबार अवधिमा ४३ कम्पनीको सेयर मूल्य बढेको भए पनि १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
नेप्सेमा आएको यो गिरावट लगानीकर्ताका लागि चिन्ताजनक देखिएको छ। बजारको उतारचढावले लगानीकर्ताको मनोबल प्रभावित हुने विश्लेषकहरू बताउँछन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























