काठमाडौं, ३ माघ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर दुई रुपैयाँ र डिजेल तथा मटीतेलमा प्रति लिटर तीन रुपैयाँ थप गरिएको छ।
मूल्य वृद्धिपछि पहिलो वर्गअन्तर्गत पेट्रोलको प्रतिलिटर मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गअन्तर्गत १६२ रुपैयाँ पर्ने पेट्रोलको नयाँ मूल्य १६४ रुपैयाँ तोकिएको छ भने तेस्रो वर्गअन्तर्गत १६३ रुपैयाँ पर्ने पेट्रोलको मूल्य १६५ रुपैयाँ कायम गरिएको छ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा वृद्धि भएको निगमले जनाएको छ।
निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ। मूल्य वृद्धि उपभोक्ताका लागि थप आर्थिक बोझको विषय बनेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
































