काठमाडौं, ३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने अब सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादका लागि रुपन्देही जिल्ला अदालतमा हाजिर हुनुपर्ने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले बिहीबार सुप्रिम सहकारी प्रकरणमा अभियोगपत्र दायर गर्ने तयारी गरिरहेको छ। कार्यालयका प्रमुख प्रेमराज पौडेलका अनुसार सार्वजनिक बिदाका कारण मंगलबार र बुधबार काम रोकिन पुगेको थियो। अभियोगपत्रलाई अन्तिम रूप दिन बुधबार र बिहीबार काम भइरहेकाले अब ढिलोमा शुक्रबारसम्म अदालतमा मुद्दा दर्ता हुने उनले जानकारी दिए।

यसअघि कास्की अदालतले सूर्यदर्शन सहकारी प्रकरणमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रहरी अनुसन्धानका अनुसार सुप्रिम सहकारी प्रकरणमा १ अर्ब १२ करोड रुपैयाँ ठगीको आरोपमा लामिछानेसहित अन्य १४ जनालाई प्रतिवादी बनाइएको छ। यसअघि २८ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको थियो। रविसहितका आरोपितहरूमाथि सहकारी ठगी र संगठित अपराधमा संलग्न रहेको आरोप लगाइएको छ।

रुपन्देहीका साथै चितवन र पर्सामा पनि रविसम्बद्ध सहकारी ठगीका मुद्दाहरू दर्ताको तयारी भइरहेको छ। इन्डियन आयल कर्पोरेसनको प्रतिवेदन अनुसार लामिछानेलाई २ करोड १० लाख रुपैयाँ बिगो कायम गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0