पोखरा, ४ माघ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको वार्षिक साधारण सभा आज नुवाकोटको विदुरस्थित सिद्धार्थ होटेल वाटर टावरको सभा हलमा बिहान साढे ११ बजे सुरु हुँदैछ। सभामा संस्थाले ७।५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ।

सभाले संस्थापक सेयरधनीको स्वामित्व ५९।४० प्रतिशतबाट घटाई ५१ प्रतिशत पुर्‍याउने र सर्वसाधारण सेयरधनीको स्वामित्व ४०।६० प्रतिशतबाट बढाएर ५१ प्रतिशत बनाउने एजेन्डामा पनि छलफल गर्नेछ।

आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाहबारे छलफल गरिनुका साथै आर्थिक वर्ष २०८१–८२ का लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण पनि गरिनेछ। सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचनसम्बन्धी प्रस्ताव पनि अघि बढाउनेछ।

पुस १८ गतेसम्म कायम भएका सेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0