पोखरा, ५ माघ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेका छन्। सिरहाको लहानमा बलिदान दिवसका अवसरमा सहिद रमेश महतोको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले प्रतिपक्षी दलहरूले मोर्चा सक्रिय बनाउन प्रयास गरे पनि आफू सहभागी नहुने बताए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै बलिदानी दिवस मधेसको गौरवपूर्ण इतिहास भएको उल्लेख गरे। मधेस प्रदेश सरकारले मधेस आन्दोलनका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदान दिवस मनाउँदै आएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0