पोखरा, ५ माघ। पोखरामा एक युवकलाई १८ हजार ८ सय ४० चक्की लागूऔषधसहित पक्राउ गरिएको छ। पक्राउ परेका युवक कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का २७ वर्षीय रामचन्द्र सुवेदी हुन्। जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बुधबार साँझ आलुमाइलाचोकबाट उनलाई पक्राउ गरेको हो।
प्रहरीले सुवेदीको स्कुटरमा लुकाएर राखिएको ट्यापेनट्याडोल १०० एमजी नामको लागूऔषधको ४०० चक्की बरामद गरेको थियो। साथै, उनका घरबाट १७ हजार ७ सय ८० चक्की लागूऔषध र अन्य विभिन्न किसिमका चक्कीहरू पनि बरामद गरिएको छ। प्रहरीले उनलाई कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























