पोखरा, ५ माघ। पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको उपस्थिति बढेको छ। महोत्सवको दशौं दिन दर्शकको भीड अमरसिंह चोक देखि महोत्सव स्थलसम्म फैलिएको थियो। महोत्सव स्थलमा दर्शकको बाक्लो उपस्थितिले आयोजकलाई समेत चुनौती दिएको थियो। शनिवारको दिन मात्र नभई सांझको कन्सर्टमा पनि युवाहरूको बाक्लो उपस्थिति रहेको थियो। महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले दर्शकको रुचि बढेको जानकारी दिएका छन्।

शनिवारको दिन महोत्सव स्थलमा स्टलहरूमा उल्लेख्य कारोबार भएको थियो। महोत्सवका अर्थ र स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले विशेष गरी घरायसी सामान, लत्ता कपडा, श्रृङ्गार सामाग्री, कृषिका सामाग्री, तरकारी लगायतका सामाग्रीको व्यापार बढेको बताएका छन्। महोत्सवमा लोक दोहारी कलाकारहरूको प्रस्तुति र सांझको कन्सर्टमा युवाहरूको जोशिलो सहभागिता देखिएको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0