पोखरा, ५ माघ। स्याङ्जाको आँधीखोला गाउँपालिकामा शुक्रबार राति भएको ट्रिपर दुर्घटनामा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने व्यक्ति पर्वत कृश्मा नगरपालिका १४ का ३७ वर्षीय चन्द्रबहादुर नेपाली छन्।
दुर्घटनामा ४ जना घाइते भएका छन्। घाइते हुनेमा सल्यान सारदा नगरपालिका ७ का १५ वर्षीय हरि परियार, स्याङ्जा आँधीखोला गाउँपालिका २ ओहिया निवासी ३३ वर्षीय कमल नेपाली, चितवन राप्ती नगरपालिका ६ का ४१ वर्षीय प्रकाश विक र सोही स्थानका ४१ वर्षीय सुमित्रा विक छन्। सबै घाइतेलाई पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।
शुक्रबार राति आँधीखोला गाउँपालिका ५ स्थित कृषिस्थित कृषि ओहिया भित्री कच्ची सडक खण्डमा ग१क ५१३९ नम्बरको ट्रिपर दुर्घटनामा परेको हो। ट्रिपर अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। घटनामा आवश्यक अनुसन्धान भइरहेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























