पोखरा, ६ माघ। चर्चित गायिका समीक्षा अधिकारीले श्री एयरलाइन्सप्रति असन्तुष्टि जनाउँदै एयरलाइन्सले यात्रुलाई अलपत्र पारेको आरोप लगाएकी छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उडान अवरुद्ध भएको भन्दै आफ्नो आक्रोश व्यक्त गरेकी हुन्।

उनका अनुसार खराब मौसमका कारण उडान प्रभावित हुनु स्वाभाविक भए पनि एयरपोर्ट खुलेपछि अन्य एयरलाइन्सले नियमित उडान गरिरहे पनि श्री एयरलाइन्सले यात्रुलाई समयमै व्यवस्थापन गर्न सकेन। उनले केही दिनअघि पनि यही एयरलाइन्सबाट धोका पाउँदा नेपालगञ्जको कार्यक्रम छुटाउनु परेको उल्लेख गरेकी छन्।

‘श्री एयरलाइन्सको लापरबाहीका कारण म पहिलो पटक मात्र हैन, बारम्बार प्रभावित हुँदैछु,’ उनले लेखेकी छन्। कर्मचारीहरू अन्य एयरलाइन्ससँग कमिसनको खेलमा लागेको आशंका गर्दै उनले एयरलाइन्सलाई यात्रुप्रति जिम्मेवार हुन आग्रह गरेकी छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0