पोखरा, ७ माघ। नेपाली कांग्रेसले कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापामाथि शनिबार झापामा भएको आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ। नेपाल प्रेस युनियन झापाको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा कन्काइ नगरपालिकाको सुरुङ्गा नजिक थापामाथि केही व्यक्तिले आक्रमण गरेका थिए। आक्रमणबाट उनको निधारमा चोट लागेको कांग्रेसले जनाएको छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै थापाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। कांग्रेसले यस्तो अराजक र आपराधिक गतिविधिलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताउँदै दोषीलाई कडा कारबाहीको आवश्यकता औंल्याएको छ।

घटनापछि कांग्रेसका कार्यकर्ताहरूले दोषीमाथि तत्काल कारबाही गर्न माग गर्दै आफ्नो आक्रोश व्यक्त गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0