मलंगवा, ७ माघ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारलाई तानाशाह शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्। सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले सरकारको गतिविधि गैरलोकतान्त्रिक रहेको टिप्पणी गरे।
नेता नेपालले मुलुकको राजनीति सही दिशातर्फ नजाँदा सरकार असफलताबाट गुज्रिरहेको दाबी गरे। संविधान संशोधनका नाममा दुई ठूला पार्टी मिलेर जनतालाई झुक्याउने काम भएको भन्दै उनले जनताको सुरक्षा र रोजगारीको आशा पूरा हुन नसकेको बताए।
उनले विचाराधीन विधेयकहरू संसद्मा छलफल नगराई अध्यादेश ल्याउनु गलत भएको बताए। नेता नेपालको भनाइमा, जनतालाई मूर्ख बनाउँदै सरकार तानाशाह शैलीमा अघि बढ्नु लोकतन्त्रविरोधी गतिविधिको उदाहरण हो।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
































