पोखरा, ७ माघ। प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ। सोमबार सार्वजनिक भएको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार, बैंकले यो अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७२ करोड रुपैयाँको तुलनामा ८४.४९ प्रतिशतले वृद्धि हो।

नाफा वृद्धि भए पनि बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक अवस्थामा रहेको छ। यस वर्ष ३ अर्ब ३३ करोडले ऋणात्मक वितरणयोग्य नाफा देखिएको छ, जुन गत वर्षको १ अर्ब ८६ करोड ऋणात्मक नाफाको तुलनामा थप नकारात्मक भएको छ।

बैंकले ब्याज आम्दानी र शुल्क तथा कमिसनबाट हुने आम्दानी सामान्य वृद्धि गरेको छ भने इम्पेयरमेन्ट शुल्कलाई १ अर्ब २६ करोडबाट घटाएर ८१ करोडमा झार्न सफल भएको छ। नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ पुगेको छ भने पीई रेसियो १९.३६ मा झरेको छ।

प्रभु बैंकले नाफामा सुधार गरेसँगै लगानीकर्ताहरूमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0