पोखरा, ७ माघ। एभरेस्ट बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा २१.११ प्रतिशत नाफा वृद्धि गर्दै २ अर्ब ७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको थियो। सोमबार प्रकाशित दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले नाफामा उल्लेखनीय वृद्धि गरेको जनाएको छ।

यस अवधिमा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ वितरणयोग्य नाफा पनि आर्जन गरेको छ, जुन गत वर्ष २ अर्ब ४० करोड थियो। बैंकको ब्याज आम्दानीमा १९ प्रतिशत र कमिसन तथा शुल्क आम्दानीमा १४.४६ प्रतिशतको वृद्धि भएको छ। साथै, बैंकको इम्पेयरमेन्ट शुल्क ४३ करोडबाट घटेर ३५ करोड पुगेको छ।

एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) यस अवधिमा ३२ रुपैयाँ पुगेको छ। यसको पीई रेसियो भने १८.१२ मा पुगेको छ, जुन केही बढेको छ। यस वृद्धिले बैंकको आर्थिक स्थिति मजबुत हुँदै जानु र ग्राहकहरुको विश्वासमा वृद्धि भएको संकेत गर्दछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0