पोखरा, ८ माघ। बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले माघ ९ गतेदेखि ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ। पाँच दिनसम्म चल्ने यो कार्यक्रम माघ १३ गतेसम्म नेपालका विभिन्न स्थानमा सञ्चालन हुनेछ।
कार्यक्रम अन्तर्गत ग्राहकले आफूले प्रयोग गरिरहेको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाईडीको नयाँ विद्युतीय गाडी (ईभी) साट्न सक्नेछन्। यस अवसरमा ग्राहकलाई गाडीको उत्कृष्ट मूल्याङ्कनका साथै अतिरिक्त एक्सचेन्ज बोनस, लोयल्टि बोनस, निशुल्क प्रिमियम एसेसोरिज र चार्जर जडानको सुविधा प्रदान गरिने साइमेक्स इंकले जानकारी दिएको छ।
एक्सचेन्ज फेस्ट काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, विरगञ्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा आयोजना हुनेछ। यस मेला मार्फत ग्राहकले बीवाईडीका चर्चित मोडेलहरू जस्तै एट्टो३, डल्फिन र एम६ साटासाट गर्न सक्नेछन्।
बीवाईडी नेपाली विद्युतीय सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ब्रान्डका रूपमा स्थापित छ। यसको आधुनिक डिजाइन, उन्नत प्रविधि, र भरपर्दो प्रदर्शनका कारण एट्टो३, डल्फिन र एम६ मोडलहरू नेपाली ग्राहकहरूबीच अत्यन्त लोकप्रिय छन्।
साइमेक्स इंकले बिक्रीपछि पनि उत्कृष्ट सेवा प्रदान गर्दै आएको र चार्जिङ पूर्वाधार विकासमा ध्यान दिएकोले बीवाईडीलाई ईभी पारखीहरूले निकै रुचाएका छन्। यो फेस्टमार्फत ग्राहकहरूलाई बीवाईडीका गाडीलाई अझ सहज र किफायती बनाउन कम्पनीले कदम चालेको हो।
साइमेक्स इंकले बीवाईडी ब्रान्डलाई नेपालको ईभी बजारमा अग्रस्थानमा राख्न गरेको योगदानलाई अझ प्रगाढ बनाउन यो मेला महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ। ग्राहकहरूका लागि यो कार्यक्रम गाडी साटासाट गर्ने मात्र नभई बीवाईडीको नयाँ प्रोडक्टहरू नजिकबाट अनुभव गर्ने सुवर्ण अवसरसमेत हुनेछ।

































