पोखरा, ८ माघ। नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागशिप मोडेलहरू टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भि एफडी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बी टी का लागि नयाँ रोमाञ्चक अफर सार्वजनिक गरेको छ। ‘अनस्टपेबल फ्रिडम’ नाम दिइएको यो अफरले २ वर्षसम्म समस्या रहित यात्रा गर्ने सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ।
यो विशेष अफर अन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ग्राहकहरूले २ वर्षसम्म निःशुल्क स्पेयर पार्ट्स, इन्जिन आयल र सर्भिस सुविधा पाउनेछन्। यस अफरले बाइक चलाउने अनुभवलाई थप सहज र चिन्तारहित बनाउने कम्पनीको विश्वास छ।
टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि प्रयोग गरी ब्रान्डको ‘रेसिङ डीएनए अनलिश्ड’को सिद्धान्तलाई प्रतिविम्बित गर्दछ। आकर्षक डिजाइन, उच्च प्रदर्शन र उत्कृष्ट ह्यान्डलिङका कारण यी बाइकहरू रोमाञ्चक यात्रा खोज्नेहरूका लागि उपयुक्त मानिन्छ। अपाचे सिरिजले दैनिक यात्रुहरूका आवश्यकता पूरा गर्ने बहुपक्षीय विशेषताहरू पनि प्रदान गर्छ।
ग्राहक सन्तुष्टिका लागि काठमाडौं उपत्यकाका सर्भिस स्टेसनहरूले ६० मिनेटभित्र स्पेयर पार्ट्स उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। त्यस्तै, टीभीएसका बाइक वा स्कुटरमा आजीवन वारेन्टी सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ।
जगदम्बा मोटर्सले नेपालभर १४० भन्दा बढी डिलरहरूको सञ्जालका साथ टीभीएस ब्रान्डलाई देशका कुनाकन्दरासम्म पुर्याएको छ। उत्कृष्ट उत्पादन, बिक्रीपछिको सेवा र जगेडा पार्टपुर्जाको सहज उपलब्धताका कारण टीभीएस नेपाली बजारमा अग्रणी दुईपांग्रे सवारी साधनको रूपमा स्थापित छ।


























