वीरगञ्ज, १४ माघ । अशोक राई नेतृत्वको समाजवादी पार्टीले आगामी चैतमा संघीय परिषद्को भेला आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको दोस्रो केन्द्रीय समितिको बैठक आइतबार वीरगञ्जमा सम्पन्न हुँदै यो निर्णय गरेको हो। बैठकले चैतमा काठमाडौंमा भेला आयोजना गर्ने निर्णय गरेको महासचिव ईस्तियाक राईले जानकारी दिए।

शनिबार सुरु भएको बैठकले अध्यक्ष राईद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ। साथै, पार्टीको जिल्ला र प्रदेश कमिटीहरूलाई पूर्णता दिन सांगठनिक प्रतिवेदनलाई पनि अनुमोदन गरिएको छ।

बैठकले संघीय परिषद्को भेला अगावै पार्टीका सबै कमिटीलाई पूर्णता दिने निर्णय गर्दै सांगठनिक सुदृढीकरणलाई तीव्रता दिने तयारी गरेको छ। महासचिव राईका अनुसार पार्टीलाई बलियो र प्रभावकारी बनाउने योजनासहित आगामी कार्यक्रमहरू तय गरिएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0