पोखरा, १४ माघ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रहरूमा आंशिक बदली छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका अधिकांश भूभाग बाक्लो हुस्सु र कुहिरोले ढाकिएका छन्। साथै, केही क्षेत्रमा शीतलहर चलेकोले दैनिक जनजीवनमा समस्या उत्पन्न भएको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ।

रातिको समय कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम सफा रहनेछ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तराई र उपत्यकामा बाक्लो हुस्सु र कुहिरोले स्वास्थ्य, यातायात, कृषि, र हवाई उडानमा असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0