पोखरा, १५ माघ । डिजिटल वालेट ‘खल्ती’ले आफ्नो आठौँ वार्षिकोत्सव ‘Celebrating Gr8 Years’ थिमका साथ मनाइरहेको छ। २०१७ मा मोबाइल टपअप र बिल भुक्तानी सेवा प्रदान गर्दै यात्रा सुरु गरेको खल्तीले अहिले डिजिटल भुक्तानी, ईभेन्ट टिकटिङ, भोटिङ, मुभी टिकटिङलगायतका सेवाहरूमा अग्रस्थानमा स्थान जमाएको छ।

खल्तीले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ। रु ८ मा कफी, स्वास्थ्य बिमा, मुभी टिकट, फ्लाइट टिकट र टपअपजस्ता आकर्षक योजनाहरू ल्याएको खल्तीले माघ १३ देखि १८ सम्मका लागि विशेष समयावधि छुट्टाएको छ। पहिलो ८८,८८८ प्रयोगकर्ताका लागि रु ८ मा कफी उपलब्ध गराउने योजना खल्तीको चर्चित अफरहरूमा रहेको छ। यसैगरी, स्वास्थ्य सुरक्षाका लागि ‘सुरक्षा मिनी’ बिमा प्याकेज रु ८ मै पहिलो ८,८८८ प्रयोगकर्ताले प्राप्त गर्न सक्छन्।

खल्तीले हालसालै गुगल प्ले स्टोरमा ५० लाख डाउनलोडको कीर्तिमान पनि पूरा गरेको छ। नेपाल प्रिमियर लिगको टिकटिङ, बिगेस्ट पेमेन्ट जात्राको सफल तेस्रो संस्करण, रेस्टुराँदेखि मनोरञ्जन सेवाका ‘प्लेसेस बाई खल्ती’, र ग्याजेटका लागि ‘खल्ती मल’ स्थापना, यस वर्षका मुख्य उपलब्धि भएको खल्तीले जनाएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै खल्तीले डिजिटल नेपालको यात्रामा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। खड्काका अनुसार खल्तीले घरबाटै सहजै सेवा प्राप्त हुने व्यवस्था गर्दै नेपालीहरूका लागि विश्वसनीय ब्रान्डको रूपमा आफूलाई स्थापित गरेको छ।

सरकारी सेवाको डिजिटल भुक्तानी, इन्स्योरन्स, र लगानी सेवाहरू खल्तीले थप उपलब्ध गराउँदै आएको छ। यसका साथै, खल्तीले मर्चेन्ट साझेदारी गर्दै थप अफरहरू प्रस्तुत गरेको छ। खल्तीको इनोभेसन र प्रयोगकर्तामैत्री सेवाले यसलाई नेपाली डिजिटल बजारमा एक अग्रणी ब्रान्ड बनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0