पोखरा, १५ माघ । पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसको कार्यालयबाट नगद १४ लाख ७४ हजार रुपैयाँ चोरी भएको घटनामा संलग्न दुई जनालाई कास्की प्रहरी कार्यालयले पक्राउ गरेको छ। माघ ११ गते राति भएको चोरीको घटनामा रुपन्देहीका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाकी २९ वर्षीया पूजा श्रेष्ठ पक्राउ परेका छन्।
प्रहरीको सहयोगमा माघ १३ गते बुटवल नगरपालिकाको कालिका नगरस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरिएकाे हो। पक्राउ गरिएका व्यक्तिहरूसँग नगद १२ लाख ५२ हजार ५८० रुपैयाँ र तीनवटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध चोरी तथा डाँका मुद्दामा अनुसन्धान भइरहेको छ र म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी कार्यालयले जानकारी दिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























