पोखरा, १५ माघ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले भारतको सुनिल भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ।
पुलिस क्लबले पहिलो सेट २५–१० र दोस्रो सेट २५–१४ को शानदार जित हासिल गरेपछि भारतको क्लबलाई दबाबमा राख्यो। तेस्रो सेटमा सुनिल क्लबले २५–२२ को जित दर्ता गरेको भए पनि चौथो सेटमा पुलिसले २५–२२ को जितसँगै आफ्नो विजय सुनिश्चित गर्यो।
यसअघि महिलातर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपिएफले विजयी भएका थिए। अब पुरुषतर्फ गण्डकी प्रदेश र एपिएफ बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
































