
नवलपरासी, १६ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसीको अवसरमा स्नान गर्न हजारौँ श्रद्धालुहरूको घुइँचो लागेको छ। आज बिहानैदेखि नेपालका विभिन्न स्थान तथा भारतको बिहार र उत्तर प्रदेशबाट आएका भक्तजनहरू स्नान तथा पूजा–अर्चनामा व्यस्त भएका छन्।
जनविश्वास अनुसार, माघे औँसीका दिन त्रिवेणीधाममा स्नान गरी सूर्य आराधना गरेमा चिताएका इच्छा पूरा हुने र पितृहरूलाई मोक्ष प्राप्त हुने मान्यता छ। यही विश्वासका साथ हरेक वर्ष यहाँ श्रद्धालुहरूको ठूलो जमघट लाग्ने गर्छ।
मेलालाई व्यवस्थित बनाउन विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहको संयोजकत्वमा उपसमिति गठन गरी आवश्यक प्रबन्ध मिलाइएको छ। सुरक्षाको लागि सशस्त्र प्रहरी बलसहित सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























