पोखरा, १६ माघ ।
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा गएराति भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको र केही घाइते भएको आशंका गरिएको छ। बीबीसीका अनुसार, भागदौड मच्चिने समयमा भक्तजनहरू आपसमा ठेलमठेल हुँदा ठूलो जनधनको क्षति भएको छ।

आज मौनी अमावस्या (औंसी)को अवसरमा अमृत स्नान हुने समय थियो। यस अवसरमा लाखौँ भक्तजन कुम्भ मेलामा स्नान गर्नका लागि एकत्रित भएका थिए। अचानक भएको भागदौडमा भक्तजनहरूको सरसामान यत्रतत्र छरिएको र घाइतेहरूको अवस्था गम्भीर भएको देखिएको छ।

घटनापछि अमृत स्नान कार्यक्रम स्थगित गरिएको र स्थिति नियन्त्रण गर्न सुरक्षा बलले थप कार्यवाही सुरु गरेको जनाइएको छ। तर, घटनाको विस्तृत विवरण अझै प्राप्त भएको छैन।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0