पोखरा, १६ माघ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवसका अवसरमा शहीदहरूको योगदान र बलिदानप्रति श्रद्धांजलि अर्पण गरेकी छन्। उनले शहीद दिवसको अवसरमा सामाजिक सञ्जाल एक्समार्फत आफ्नो भावनासमेत व्यक्त गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले निरङ्कुश राणा शासनको अन्त्यका लागि संघर्षरत शहीदहरूको योगदान अमर रहेको बताउँदै शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र धर्मभक्त माथेमा लगायतका शहीदहरूको बलिदानको सम्मानमा श्रद्धांजलि अर्पण गरेकी छन्।
उनले लेखेकी छिन्, “शहीदहरूको बलिदान र योगदानको कदर गर्दै राष्ट्र निर्माणमा लाग्न र शहीदहरूको सपनालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दलका नेतृत्व र नागरिक समाजलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएकी छु।”
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























