पोखरा, २० माघ । त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे खेल सुरु हुनेछ।

बिहीबार सुरु भएको प्रतियोगितामा नेपालले दुवै खेलमा हार व्यहोरेको छ। उद्घाटन खेलमा नेदरल्याण्डसँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले पराजित भएको थियो। नेपाल आज घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ।

थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेदरल्याण्डले दुई अंक जोडेको छ। नेपाल भने अंकविहीन छ। उद्घाटन खेलमा टस जितेर नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएको नेपाल १५८ रनको लक्ष्य भेट्न नसक्दा पराजित भएको थियो। दोस्रो खेलमा नेपालले थाइल्याण्डलाई १०२ रनको लक्ष्य दिँदै ६ विकेटले पराजित भएको हो।

आईसीसी वरीयतामा नेपाल २०औं स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १६औं र थाइल्याण्ड १३औं स्थानमा छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0