पोखरा, २५ माघ । संघीय संसद प्रतिनिधि सभाको पाँचौं अधिवेशनअन्तर्गत तेस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले “विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्नेछन्। उक्त विधेयक विद्युतीय व्यापारका कानुनी संरचना र व्यवस्थापनलाई परिष्कृत गर्न ल्याइएको छ।

त्यसैगरी, बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक, २०८१” माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। छलफलपछि विधायन विधेयक पारित गर्न सम्बन्धित प्रस्ताव पेश गरिनेछ। यस विधेयकले कानूनी प्रक्रियाहरूलाई प्रभावकारी बनाउने विश्वास गरिएको छ।

यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा स्वीकृत नयाँ श्रम मापदण्डहरू सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन्। यसमा महासन्धि, प्रोटोकल तथा सिफारिसहरू समावेश छन्, जसले नेपालका श्रम नीति तथा व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मान्यतासँग समायोजन गर्न मद्दत गर्नेछ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रस्तुत गरिने विधेयक तथा प्रतिवेदनहरू श्रम, व्यापार र कानूनी व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका छन्, जसले आगामी नीतिगत निर्णयहरूमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

No description available.

 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0