पोखरा, २७ माघ । आहारारा पोखरा गोल्डकपको दोस्रो क्वाटरफाइनल आज थ्रीस्टार क्लब र मछिन्द्र फुटबल क्लब बीच खेलिने छ। खेल पोखरा रंगशालामा दिउँसो २ बजेदेखि सुरु हुनेछ।

मछिन्द्र क्लबले प्रिक्वाटरफाइनलमा विभागीय टिम एपीएफलाई २-० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो। जबकि थ्रीस्टार क्लब सिधै क्वाटरफाइनलमा प्रवेश गर्दै पहिलो खेल खेल्न लागेको हो।

माघ २२ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी छन्, जसमा ३ विदेशी खेलाडी पनि छन्। प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0