पोखरा, २८ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा उद्घाटन गरेसँगै नेपालका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ। यससँगै बैंकिङ क्षेत्रमा आम नेपालीको पहुँचको विस्तार भएको छ। पछिल्लो पाँच वर्षमा भौतिक र अभौतिक बैंकिङ सेवामा भएका तीव्र विकासले नेपाली जनताको जीवनस्तरलाई उकासेको छ।

आर्थिक वर्ष ०७७/७८ को पुस महिनाको तुलनामा चालु आर्थिक वर्षको पुससम्म नेपालमा बैंकिङ संस्थाहरूको संख्या, शाखा संख्या, बचतकर्ता र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेको छ। नेपालको वित्तीय क्षेत्रमा पछिल्लो पाँच वर्षमा उल्लेखनीय वृद्धि भएको छ र यसले बैंकिङ पहुँचलाई ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत पुर्याएको छ।

नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुससम्म नेपालमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको ५ करोड ७९ लाख २५ हजार ७९५ बचत खाता रहेको छ। पाँच वर्षअघि यो संख्या ३ करोड ४६ लाख ७१ हजार ९४९ थियो। साथै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख ३६ हजार ११७ पुगेको छ। इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २१ लाख १८ हजार ३८४ र डेबिट कार्डको संख्या १ करोड ३३ लाख ६३ हजार १७४ पुगेको छ।

पाँच वर्षअगाडि जति बैंकिङ सेवा र कार्डको प्रयोग कम थियो, अहिले ती सबैमा ठुलो वृद्धि देखिएको छ। यो तथ्यांकले नेपालको बैंकिङ क्षेत्रको डिजिटल र भौतिक विस्तारको प्रमाण प्रस्तुत गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0