पोखरा, २९ माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आज भारतको राजधानी नयाँदिल्लीमा बस्दैछ। बैठकमा नेपालका ऊर्जा सचिव सुरेश आचार्य र भारतका ऊर्जा सचिव पंकज अग्रवाल नेतृत्वदायी भूमिकामा रहने छन्।
ऊर्जा मन्त्रालयका अनुसार यो नियमित बैठक हो, जसमा दुई देशबीचको विद्युत् उत्पादन, प्रसारणलाइन विस्तार र ऊर्जा सहकार्यका विविध पक्षमा छलफल हुनेछ। बैठकमा नेपालबाट भारततर्फ १० हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, तथा सीमा पार प्रसारणलाइन निर्माणका विषयमा विशेष छलफल हुने बताइएको छ।
दुई देशबीचको ऊर्जा सहकार्यलाई अझ प्रभावकारी बनाउन बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ। यस बैठकले नेपालमा उत्पादित विद्युत्को निर्यात वृद्धि गर्न मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























