पोखरा, १ फागुन । गण्डकी प्रदेशमा रैथाने मदिरा उत्पादन तथा ब्रान्डिङलाई कानुनी रूप दिन प्रस्तावित विधेयकबारे सरोकारवालाबीच आज विस्तृत छलफल गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेशको आयोजनामा र नेपाल कानुन समाजको समन्वयमा सम्पन्न छलफलमा विधेयकका विविध पक्षमाथि समीक्षा गरिएको छ।

छलफलमा सहभागीहरूले रैथाने मदिराको उत्पादन, वितरण र ब्रान्डिङलाई व्यवस्थित गर्न आवश्यक कानुनी ढाँचाबारे आफ्ना धारणा राखेका थिए। स्थानीय उद्योग प्रवर्द्धन, आर्थिक समृद्धि र सांस्कृतिक पहिचानलाई सँगै जोड्नेगरी विधेयकको परिमार्जन आवश्यक रहेको धारणा छलफलमा उठाइएको थियो। सरोकारवालाहरूले मदिरा उत्पादनलाई व्यवस्थित र सुरक्षित बनाउँदै बजार विस्तारका लागि नीतिगत स्पष्टता हुनुपर्ने बताएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1





























