पोखरा, ७ फागुन। भारतको ओडिसा राज्यको विधानसभामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे तीव्र बहस भएको छ। प्रतिपक्षी सांसदहरूले प्रदेशमा शान्ति सुरक्षाको अवस्था कमजोर भएको आरोप लगाउँदै कलेजका सञ्चालकलाई नियन्त्रणमा लिन माग गरेका छन्।
ओडिसाको प्रतिपक्षी दलका नेताहरूले यस घटनाले प्रदेशको अन्तर्राष्ट्रिय छवि बिगारेको बताएका छन्। प्रतिपक्षी दलका नेता प्रताप देवले संसद्मा सरकारको आलोचना गर्दै भने, ‘ओडिसाको अस्मिताको कुरा गरेर सत्तामा आएको सरकार अब शान्ति सुरक्षामा असफल भएको छ।’
विजेपी सांसद तंकाधर त्रिपाठीले भने घटनालाई दुर्भाग्यपूर्ण भन्दै यसको निष्पक्ष छानबिन आवश्यक रहेको बताए। कांग्रेस सांसद तारा बहिनीपतिले मृतकलाई न्याय दिन न्यायिक जाँचको माग गरिन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























