पोखरा, ७ फागुन। आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाले कीर्तिमानी जित हासिल गरेको छ। मंगलबार भएको खेलमा अमेरिकाले १२२ रनको सानो योगफल डिफेन्ड गर्दै ओमानलाई पराजित गर्यो। जवाफी ब्याटिङमा ओमान ६५ रनमै समेटियो।
अमेरिकाका नोसथुस केन्जिगेले ७.२ ओभरमा मात्र ११ रन खर्चिएर ५ विकेट लिए। यो नतिजाले एकदिवसीय क्रिकेटमा ओभर नघटाइ खेलेको ५० ओभरको खेलमा सबैभन्दा कम योगफल डिफेन्ड भएको कीर्तिमान कायम गरेको छ। यसअघि भारतले १९८५ मा पाकिस्तानविरुद्ध १२५ रनको लक्ष्य रक्षा गरेको थियो।
खेल अवधिभर दुवै टोलीले मात्र स्पिनर बलर प्रयोग गरेका थिए, जसले एकदिवसीय क्रिकेटमा पहिलोपटक कुनै टोलीले फास्ट बलर नखेलाएको अर्को कीर्तिमान पनि बनायो। १६ खेलबाट २२ अंक जोड्दै अमेरिका लिग २ को शीर्ष स्थानमा छ भने नेपाल १२ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
































