पोखरा, ७ फागुन। त्रिभुवन विश्वविद्यालयका ६ विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव बिथोल्ने गतिविधि नगर्न आग्रह गरेका छन्। अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अखिल छौठौं त्रिवि, अखिल समाजवादी र अखिल क्रान्तिकारीका प्रतिनिधिहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै चुनावको वातावरण बनाउन अनुरोध गरेका हुन्।
पद्यमकन्या बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पसका स्ववियु अध्यक्ष प्रेम जैशीले रेक्टर खड्ग केसीको कार्यकक्षको ढोकामा ताला लगाएपछि ६ विद्यार्थी संगठनले यो विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले भनेका छन् कि विद्यार्थीहरूको वैधानिक र साझा संस्था स्ववियुको निर्वाचनको विषयमा विद्यार्थीबाट निर्वाचित भएका र विद्यार्थी कल्याण परिषदका सदस्यहरूले गरेको तालाबन्दी प्रति गम्भीर ध्यानाकर्षण गरिएको छ।
विज्ञप्तिमा भनिएको छ कि निर्वाचनका गतिविधि बिथोल्ने उद्देश्य राखेर त्रिवि सभामा विद्यार्थीबाट प्रतिनिधित्व गर्ने सदस्यहरूले स्ववियु निर्वाचन नगराउने मनसाय राखेर वक्तव्य जारी गरेका छन्, जसप्रति घोर आपत्ति र दुख व्यक्त गरिएको छ।






























