Kedar Ghimire actor comedian wideley known as magne buda. Photo: Deepak KC

पोखरा, ८ फागुन। हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ समसामयिक विषयमा कटाक्ष गर्न खप्पिस छन्। बुधबार फेसबुकमा उनले, “क्यारिकेचर गर्ने पेशा पनि अब लोपोन्मुख पेशा होलाजस्तो छ। नमिले फ्लप, मिले लफडा।” भन्दै टिप्पणी गरेका छन्।

उनको यो भनाइ पछिल्लो समय नेपालमा व्यंग्यात्मक प्रस्तुति र क्यारिकेचरलाई लिएर बढ्दै गएको विवादसँग जोडिएको देखिन्छ। फिल्म ‘लाज शरणम्’ को प्रचारमा अदालतले रोक लगाएको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। पूर्वमन्त्री अफताव आलमले आफूलाई चित्रण गरिएको आरोप लगाउँदै अदालतमा रिट दायर गरेपछि उच्च अदालत पाटनले फिल्मको प्रचार रोक्न आदेश दिएको थियो।

यस्तै, हास्य कलाकार सजन श्रेष्ठ, उत्सव सापकोटासहित अन्य दुई जनाविरुद्ध गायक कुमा सागरले आफूलाई गिज्याएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। यी घटनाक्रमसँगै कलाकार दीपकराज गिरीले पनि बुधबार प्रजातन्त्र दिवसका अवसरमा फेसबुकमा लेखेका छन्, “सिर्जनामा लागेका कलाकारबाहेक सबैलाई प्रजातन्त्र दिवसको शुभकामना।”

कलाकारहरू व्यंग्यात्मक प्रस्तुति, हास्य र क्यारिकेचर गर्न पाउने स्वतन्त्रता संकुचित हुँदै गएको भन्दै चिन्तित छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0