पोखरा, ८ फागुन। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बिहीबार तय भएको बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक समय व्यवस्थापनको कारण अन्तिम समयमा स्थगित गरिएको सचिवालयले जनाएको छ।
उक्त बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायनसम्बन्धी छलफल हुने कार्यसूची थियो। छलफलका लागि पूर्व संविधान सभा सदस्य रामनारायण बिँडारी र राधेश्याम अधिकारीलाई बोलाइएको थियो। तर, बैठक अन्तिम समयमा स्थगित भएपछि छलफल हुन सकेन। बैठकको नयाँ मिति तय गरिएको छैन।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























