पोखरा, ११ फागुन। इङ्लिश प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा वेस्टह्याम युनाइटेडले आर्सनललाई १-० को हार चखाउँदै अप्रत्याशित नतिजा निकाल्न सफल भएको छ। खेलको ४४औँ मिनेटमा जारोड बोवेनले गरेको गोल नै वेस्टह्यामको जितको लागि पर्याप्त बन्यो।
खेलको दोस्रो हाफमा आर्सनलले खेलमा फर्कने प्रयास गरे पनि ७३औँ मिनेटमा मिलेस लेविस स्केली रातो कार्डको शिकार भएपछि टोली १० खेलाडीमा सीमित रह्यो। यो हारसँगै आर्सनलको लिग जित्ने सम्भावनामा धक्का लागेको छ। २६ खेलपछि आर्सनलको ५३ अंक रहेको छ भने शीर्षस्थानको लिभरपुलभन्दा ८ अंकले पछि परेको छ।
महत्वपूर्ण जित हात पार्दै वेस्टह्यामले लिग तालिकामा सुधार ल्याएको छ। २६ खेलमा ३० अंक बनाएको वेस्टह्याम १६औँ स्थानमा उक्लिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1































