पोखरा, १२ फागुन। संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज बस्ने भएको छ। विधायन व्यवस्थापन समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारको बैठक कक्षमा बस्नेछ। बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ।
त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो पौने १ बजे सिंहदरबारमा बस्नेछ। यस बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन– २०८१ माथि विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम छ।
बैठकमा संविधानसभा सदस्य राधेश्याम अधिकारी र निवर्तमान सभापति रामनारायण बिडारीलाई आमन्त्रित गरिएको जानकारी प्राप्त भएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























