पोखरा, १५ फागुन। महाशिवरात्रिको पूर्वसन्ध्यामा गायिका निशा देसारको स्वरमा रहेको नयाँ गीत ‘मान्छेको व्यथा’ सार्वजनिक गरिएको छ। वियोग भावको यस गीतलाई सोमबार बेलुका एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।

राजीव क्षेत्रीको शब्द तथा जुगल डंगोलको संगीत रहेको यो गीत काठमाडौँको पुतलीसडकस्थित आर्टोम्युज स्टुडियोमा रेकर्ड गरिएको हो। गायिका निशाले यस गीतको भिडियोमा आफैं अभिनय गरेकी छिन्। वाद्यवादनसहित प्रत्यक्ष गायन शैलीमा तयार पारिएको भिडियो विक्रम तामाङले निर्माण गरेका हुन्।

गीतको छायांकन सौगात धितालले गरेका छन् भने सम्पादन नहकुल खड्काले गरेका छन्। विभोर पोखरेल निर्देशित यस भिडियोमा सरिता थापा मगरले सृंगार संयोजन गरेकी छिन्। दर्शकले गीत मन पराएको निशाले बताएकी छिन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0