पोखरा, १५ फागुन। ‘मिस ग्लोबल २०२५’ मा नेपालका तर्फबाट विधि लम्साल सहभागी हुने भएकी छिन्। कम्बोडिया र थाइल्यान्डमा आयोजना हुने यो प्रतियोगितामा प्रतिनिधित्व गर्न उनी सोमबार राति कम्बोडियातर्फ प्रस्थान गरेकी हुन्।

नेक्स्ट मोडल्स नेपालको आयोजनामा भएको ‘मिस नेपाल पिस २०२४’ की विजेता विधि लम्साललाई उक्त प्रतियोगितामा नेपालको तर्फबाट पठाइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले उनलाई बिदाइ गरेका थिए।

प्रतियोगितामा दुई दर्जनभन्दा बढी देशका नर्सिङ सुन्दरीहरू सहभागी हुनेछन्। बुधबारदेखि प्रशिक्षण सुरु भइसकेको छ भने ग्रान्ड फिनाले आगामी ९ मार्च मा हुनेछ। प्रतियोगितामा विधिले नेपालको कला संस्कृति समेत प्रस्तुत गर्ने बताएकी छिन्।

काभ्रेपलाञ्चोककी विधि हाल नागरिक कलेज अफ हेल्थ साइन्सेसमा बीएससी नर्सिङ अध्ययनरत छिन्। ‘मिस नेपाल पिस’ जितेपछि उनले यो प्रतियोगिताको लागि विभिन्न प्रशिक्षण लिएकी छिन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0