पोखरा, १५ फागुन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू)बाट आउने सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। उनले यस निर्णयको तत्काल घोषणा गर्ने आश्वासन दिएका छन्। ट्रम्पका अनुसार यसमा कार तथा अन्य विभिन्न सामान समावेश हुनेछन्। उनले २७ राष्ट्रको यो ब्लकले अमेरिकी निर्माण गरिएका कार र कृषि उत्पादनलाई स्वीकार नगरेको र अमेरिकाले ती सबैलाई स्वीकृति दिएको जानकारी दिएका छन्।
अहिले युरोपियन मुलुकहरूले अमेरिकी कारमा १० प्रतिशत भन्सार महसुल लगाउँदै आएका छन्, जुन अमेरिकाले युरोपबाट आउने यात्रु बाहक कारमा लगाएको महसुलभन्दा चार गुणा बढी हो। ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको भेटपछि ईयू र नाटो प्रति फरक दृष्टिकोण अपनाएको देखिन्छ। युक्रेन र ईयूका बीचमा युद्धको कुरा गर्दा ट्रम्प–पुटिनको पक्षमा रहनु र रूसले कब्जा गरेको भूमि त्यहीँ छोड्ने त्रास बढेको छ। जर्मनीका चान्सलर बन्ने क्रममा रहेका फ्रेडरिक मर्जले अमेरिकाबाट सचेत रहनुपर्ने अभिव्यक्ति दिइसकेका छन्।
































