पोखरा, १६ फागुन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाउने कानुनी प्रावधानको सम्झना गर्दै स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गरेका छन्।

सप्तरीको खडक नगरपालिकाले आजबाट सुरु गरेको साक्षर नगरपालिका निर्माण अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन्। उनले संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रूपमा स्थापित गरेको उल्लेख गर्दै अनिवार्य शिक्षासम्बन्धी ऐनले २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाउने व्यवस्था गरेको बताउँदैं यसमा स्थानीय तहको सक्रियता आवश्यक रहेको बताए।

अध्यक्ष दाहालले खडक नगरपालिकाको साक्षर अभियानलाई महत्त्वपूर्ण सुरुवात मान्दै सबै स्थानीय तहले यस्तै अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता व्यक्त गरे। उनले संविधानको मूल मर्म समाजवादउन्मुख अर्थ सामाजिक व्यवस्था भएको भन्दै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउनुपर्नेमा जोड दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0