पोखरा, १९ फागुन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार काठमाडौंमा आयोजित समारोहमा ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र संकल्प’ पुस्तक लोकार्पण गरेकी छन्। पत्रकार गणेश पाण्डेद्वारा सम्पादित सो पुस्तकमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको लोकतन्त्र स्थापनाका लागि गरेको संघर्षदेखि मुलुकको समृद्धिका लागि अघि सारेका योजनाहरू समेटिएको छ।
पुस्तकमा ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद् तथा सामाजिक व्यक्तित्वहरूले लेखेका विचार तथा विश्लेषण समावेश छन्। पुस्तक अल्केमी प्रकाशनले प्रकाशन गरेको हो। विमोचन कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शंकर पोखरेललगायत नेताहरूको उपस्थिति रहेको थियो।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























