पोखरा, २१ फागुन। सरकारले ल्याएका पाँच अध्यादेश बुधबार प्रतिनिधिसभाबाट स्वीकृत भएका छन्। प्रतिपक्षको विरोधका बाबजुत पनि प्रतिनिधिसभाले सहकारी सम्बन्धी, आर्थिक सुधार, निजीकरण, सुशासन प्रबर्धन र वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो।

यी अध्यादेशहरुमा सहकारी सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी, निजीकरण (पहिलो संशोधन), सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) समावेश छन्।

यससँगै ६ अध्यादेशमध्ये ५ वटा प्रतिनिधिसभाबाट स्वीकृत भएको छ भने भूमिसम्बन्धि अध्यादेशलाई सरकारले अहिले होल्डमा राखेको छ। अब यी अध्यादेश राष्ट्रियसभामा पेश गर्ने तयारी भइरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0