पोखरा, २२ फागुन। क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ आवेदन आजदेखि सर्वसाधारणका लागि खुला भएको छ। कम्पनीले कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दै १० प्रतिशत २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका कामदारका लागि पहिल्यै निष्कासन गरिसकेको छ।
कर्मचारी र सामुहिक लगानी कोषहरूलाई छुट्याएपछि बाँकी १८ लाख ४५ हजार कित्ता सेयर आम सर्वसाधारणका लागि उपलब्ध गराइएको हो। आईपीओको अंकित मूल्य १ सय रुपैयाँ रहनेछ र यसका लागि आवेदन अनलाइन प्रणाली “मेरोसेयर” मार्फत दिन सकिनेछ। आवेदन अवधि फागुन २६ गतेसम्म रहेको छ।
कम्पनीले इक्रा नेपालबाट बीबी रेटिङ प्राप्त गरेको छ र गत आर्थिक वर्षसम्म प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा रहेको जनाएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























