पोखरा, २६ फागुन। साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा गिरावट जारी रह्यो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा झरेको छ। लगातारको गिरावटले लगानीकर्ताहरूमा निराशा छाएको छ भने कारोबार रकममा पनि गिरावट आएको छ।

सोमबार कारोबार रकम घट्दै ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँमा सीमित रह्यो। कुल १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर किनबेच भएको थियो। ३११ वटा कम्पनीका शेयर ८७ हजार १५६ पटक किनबेच भए।

बजारमा गिरावट आए पनि ४४ कम्पनीका शेयर मूल्यमा सुधार देखिएको छ। तर, १९१ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत हिसाबमा अन्य बाहेकका सबै समूह राताम्य भएका छन्। अन्य समूह ०.०८ प्रतिशतले हरियो रहँदा सबैभन्दा बढी म्युचुअल फण्ड समूह ३.०६ प्रतिशतले ओरालो लाग्यो। वाणिज्य बैंक समूह भने ०.४४ प्रतिशतले मात्रै घट्यो, जुन सबैभन्दा न्यून गिरावट हो।

लगातारको गिरावटले बजारको मनोवैज्ञानिक स्तर प्रभावित भइरहेको छ। लगानीकर्ताहरू सुधारको प्रतीक्षामा भए पनि शेयर बजार पुनः उकालो लाग्ने संकेत तत्काल देखिएको छैन।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0