पोखरा, ४ चैत्र। नेकपा (माओवादी केन्द्र)की सांसद विमला सुवेदीले प्रधानमन्त्री र मन्त्रीहरू असफल भइसकेको टिप्पणी गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा उनले भने, “सरकार आफैँले गरेको मूल्यांकनमा ‘फेल’ भएको छ।”
सांसद सुवेदीले सरकारलाई आफ्नो जिम्मेवारीबाट च्युत भएको आरोप लगाउँदै सरकारमा रहेका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन असफल रहेको भनिन्। “रात्रि राति गठन गरेर मुलुकलाई रामराज्य बनाउने सरकार आफैँले गरेको मूल्यांकनमा फेल भएको छ,” उनले थपे।
उनले विद्युत् प्राधिकरणका कर्मचारीहरूसँगको विवाद र केबलकार निर्माणका विषयमा आन्दोलन गरिरहेका पक्षलाई दमन गर्ने कार्यमा सरकारको आलोचना पनि गरिन्। उनले सरकारलाई व्यापारीको पक्षपोषण गर्नेमात्रै नभई मानवअधिकारको उल्लंघन गर्ने आरोप पनि लगाइन्।
सांसद सुवेदीले सरकारका नेता र तिनका परिवारसँग सम्बन्धित काण्डहरूमा छानबिन नगरी सत्ताको चरम दुरुपयोग भएको पनि बताइन्। “सहकारी ठगी र मानव बेचबिखन जस्ता अपराधहरूमा छानबिन नगरी उनीहरूलाई जोगाइन्छ,” उनले भनिन्।




























