पोखरा, ४ चैत्र। नेपाल ओलम्पिक कमिटीको भवनमा युवा तथा खेलकुद मन्त्रालयले आइतबार ताला लगाएको छ। ललितपुरस्थित सातदोबाटोमा रहेको कमिटीको भवनमा ताला लगाउने निर्णय खेलकुदमन्त्री तेजुलाल चौधरीको नेतृत्वमा गरिएको हो।
केही महिनायता खेलकुद मन्त्रालय र ओलम्पिक कमिटीबीच विवाद चलिरहेको थियो। मन्त्रालयले कमिटीको नवनिवार्चित कार्यसमिति अवैधानिक भएको भन्दै जीवनराम श्रेष्ठ नेतृत्वलाई मान्यता दिएको छैन। यद्यपि, श्रेष्ठले आफूहरूले अन्तर्राष्ट्रिय मान्यताअनुसार साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरेको दाबी गर्दै आएका छन्।
खेलकुदमन्त्री चौधरीले कमिटीको भवन सरकारको स्वामित्वमा रहेको भन्दै सरकारी सम्पत्तिको संरक्षणका लागि ताला लगाएको बताए। उनले भन्नुभयो, “नेपाल सरकारको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण गर्ने अधिकार पनि सरकारकै हुन्छ।”
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1































