पोखरा, ७ चैत्र। मंगलबार बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ परेका ट्रक चालक कुन्साङ लामा भरिया मात्रै रहेको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार सिन्धुपाल्चोकका ३९ वर्षीय लामाले आमाको नाममा निकालिएको ट्रक चलाउँदै आएका थिए।

लामाले प्रारम्भिक बयानमा दुई अपरिचित व्यक्तिहरूले उनलाई अमेरिकी डलर र युरोपियन मुद्रासहितको रकम रसुवागढी हुँदै केरुङसम्म लगिदिन भनेको बताएका छन्। बस्नेतका अनुसार अनुसन्धान जारी रहेको र रकम दिने व्यक्तिहरूको पहिचान अझै खुलिनसकेको छ।

यसअघि, कुन्साङ लामा ७ केजी सुनसहित कलंकीबाट पक्राउ परेका थिए। उनी ५ वर्ष जेल बसेर २०७८ सालमा रिहा भएका थिए। प्रहरीका अनुसार पछिल्लोपटक पक्राउ परेपछि थप अनुसन्धान अघि बढाइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0