पोखरा, ७ चैत्र। सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा फागुन ६ गते जारी गरिएको भिडियो सन्देशमा ‘श्री पाँच महाराजधिराज’ उल्लेख गरिएको र शाही निशानाको झण्डा फहराइएको प्रति कडा आपत्ति जनाएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले २०६५ जेठ १७ गते नेपालको शाही निशाना हटाएर राष्ट्रिय झण्डा कायम गरिसकिएको स्मरण गराउँदै संविधानअनुसार ‘श्री पाँच महाराजधिराज’ भन्ने कुनै व्यवस्था नरहेको बताए।
उनले संविधानलाई मान्ने र नमान्ने विषयमा सरकारको स्पष्ट जवाफ माग्दै संविधान विपरीत हुने कुनै पनि कार्य नगर्न आग्रह गरे। उनले पूर्वराजाले जारी गरेको सन्देशप्रति असन्तोष व्यक्त गर्दै यस्ता गतिविधिहरूलाई संविधानविरोधी भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























